स्वास्थ्य बीमा : नियमित औषधी खानेलाई ३ महिनाको एकैपटक

हेल्थ टिभी अनलाइन : स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका र नियमित औषधी सेवन गरिरहेका दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधी दिने भएको छ ।
यसअघि एकपटकमा एक महिनाको औषधी दिने गरेकोमा सो व्यवस्था परिमार्जन गर्दैै एकैपटक तीन महिनाका लाग पुग्ने औषधी दिने व्यवस्था राखिएको हो ।
बोर्डमा नयाँ अध्यक्ष तथा सदस्यहरु आएसँगै बोर्डको बैठकबाट विभिन्न बुँदाहरु थपेर नयाँ व्यवस्था कायम गर्ने निर्णय भएको हो । यसैगरी बोर्डले अब एकपटक प्रेषण रिफर भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रिफर पूर्जी लिन नपर्ने व्यवस्था समेत गरेको छ ।
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै