एन्थ्र्याक्स के हो, यो रोग कति घातक हुन्छ ?

हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०ले पूर्वी र दक्षिणी अफ्रिकाका पाँच देशमा एन्थ्र्याक्स रोगको प्रकोप फैलिएको बताएको छ। यो रोग ब्यासिलस एन्थ्र्यासिस नामक ब्याक्टेरिअमका कारण लाग्छ।
डब्ल्यूएचओका अनुसार यो रोगका १,१०० जनाभन्दा बढी सन्दिग्ध बिरामी फेला परेका छन् ३७ जनामा यो रोग लागेको पुष्टि भएको छ। केही महिनाभित्र एन्थ्र्याक्स रोगसँग सम्बन्धित कारणले गर्दा २० जनाको मृत्यु भएको बताइएको छ।
एन्थ्र्याक्सको प्रकोप देखा परेका देश केन्या, मलावी, यूगान्डा, जाम्बिआ र जिम्बाब्वे हुन्। डब्ल्यूएचओका अनुसार यो रोग अहिले ती देशमा ूस्थानिक प्रकोपूका रूपमा छ। त्यहाँ प्रत्येक वर्ष यो रोगको मौसमी प्रकोप फैलिन्छ।
ती पाँच देशमध्ये जाम्बिआमा फैलिएको प्रकोप सबैभन्दा ठूलो हो। त्यहाँ १० मध्ये नौ प्रान्तमा यो रोग फैलिएको छ। नोभेम्बर २० सम्म जाम्बिआमा ६८४ जनामा सन्दिग्ध सङ्क्रमण, २५ जनामा रोग पुष्टि र चार जनाको यो रोगका कारण मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ एन्थ्र्याक्सले प्रायः घरपालुवा जनावरलाई सताउँछ। सङ्क्रमित जनावरको प्रत्यक्ष सम्पर्कमा पुग्दा वा तिनबाट उत्पादित वस्तु उपभोग वा प्रयोग गर्दा मानिसलाई पनि एन्थ्र्याक्स सर्न सक्छ।
यो रोगको कारक ब्यासिलस एन्थ्र्यासिसु प्रायः स्पोरु अर्थात् बीजाणुको रूपमा बाँचिरहन्छ। स्पोर वर्षौँ माटोमा जीवित रहन्छ अनि घाउचोट लाग्दा माटोबाट जनावर वा मानिसको शरीरभित्र प्रवेश गर्छ।
एन्थ्र्याक्स रोग लाग्दा के हुन्छ ? डब्ल्यूएचओका अनुसार एन्थ्र्याक्स तीन किसिमले लाग्न सक्छ –
छालामा हुने एन्थ्र्याक्स – छालामा घाउचोट लागेपछि एन्थ्र्याक्सको सङ्क्रमण हुन्छ। यस प्रकारको सङ्क्रमणलाई सामान्य मानिन्छ र अरू दुई प्रकारका सङ्क्रमणभन्दा कम गम्भीर मानिन्न। यस्तो सङ्क्रमण हुँदा सुरुमा छालामा ठेला उठे जस्तो देखिन्छ र बिस्तारै नदुख्ने घाउ बन्छ। त्यस्तो घाउको बीचमा कालो देखिन्छ। त्यसपछि सङ्क्रमित व्यक्तिलाई टाउको दुख्ने, मांसपेशी दुख्ने, बान्ता हुने र ज्वरो आउने हुन्छ।
पेटमा हुने एन्थ्र्याक्स -यसका प्रारम्भिक लक्षणहरू फूड पोइजनिङ हुँदाका जस्तै हुन्छन्। तर अझ जटिल हुँदै बिरामीलाई पेटमा असह्य पीडा हुन, रगत बान्ता हुन र गम्भीर पखाला लाग्न सक्छ।
फोक्सोमा हुने एन्थ्र्याक्स – यो सबैभन्दा डरलाग्दो हुन्छ। सुरुमा रुघाजस्तो देखिन्छ तर तीव्र गतिमा समस्या बढेर सास फेर्न असहज हुन थाल्छ र शक हुन सक्छ।
एन्थ्र्याक्स कति घातक हुन्छ ?
एन्थ्र्याक्स रोग लागेका मानिसलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ। यो रोग लागेका बिरामीको संसर्गमा पुगेका व्यक्तिलाई एन्थ्र्याक्स नलागोस् भनेर उपचार गर्नुपर्छ। एन्टिबायोटिक प्रयोग गरेर यसको उपचार गर्न सकिन्छ। एन्थ्र्याक्सको उपचारमा पेनिसिलिन निकै प्रभावकारी देखिन्छ। तर सङ्क्रमण हुनासाथ उपचार सुरु हुनुपर्छ। छालामा एन्थ्र्याक्स हुँदा उपचार नगरेमा २० प्रतिशत बिरामीको मृत्यु हुने संयुक्त राज्य अमेरिकाको जनस्वास्थ्य हेर्ने निकाय सीडीसी ले जनाएको छ। यद्यपि राम्ररी उपचार गरिएमा छालामा एन्थ्र्याक्स हुने सबै व्यक्तिको जीवनरक्षा गर्न सकिन्छ। सङ्क्रमित जनावरको काँचो वा राम्ररी नपाकेको मासु खाँदा पेटमा एन्थ्र्याक्सको सङ्क्रमण हुन्छ। यो प्रकारको एन्थ्र्याक्स प्रायः घातक हुन्छ। उपचार नपाए आधाभन्दा बढी बिरामीको मृत्यु हुन्छ। तर उचित उपचार गरेमा ६० प्रतिशत बिरामीको जीवनरक्षा गर्न सकिने सीडीसीले जनाएको छ।
श्वासप्रश्वास प्रणालीको एन्थ्र्याक्स सबैभन्दा घातक हुन्छ। सास फेर्दा एन्थ्र्याक्सका स्पोर फोक्सोमा पुगेपछि यो रोगले दुःख दिन्छ। उपचार नगरिएमा बिरामीको मृत्यु निश्चितप्रायः छ। तर सघन उपचार गर्दा ५५ प्रतिशत बिरामीलाई जोगाउन सकिने सीडीसीले जनाएको छ।
बीबीसीबाट :
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै