Health TV Online
Health TV Online

काठमाडौं महानगरमा आजदेखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौं महानगरमा आजदेखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र आजदेखि प्यालिष्टकमा प्याक गरिएको कुनै पनि सुर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।

महानगरले यसअघि मंसीर १२ गते एक सूचना जारी गर्दै १५ दिनको समय दिंदै प्यालिष्टकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने जनाएको थियो । उक्त सूचना अनुसार आजदेखि काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको छ ।

महानगर स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन् ।

महानगरले सार्वजनिक स्थलमा गरिने धुम्रपानलाई पनि निषेध गर्दै कसैले अटेरी गरेर यसको सेवन गरेमा कडा कारवाही गरिने पनि जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना