चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाझिने गरी निर्देशक नियुक्त नगर्न डा केसीको ध्यानाकर्षण

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षा आयोगकका निर्देशकहरुको छनोट गर्दा स्वार्थ बाझिने गरी प्रक्रिया अघि नबढाउन डा गोबिन्द केसीले ध्याकर्षण गराएका छन् ।
डा केसीले प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि हालतमा दलीय भागवण्डा वा स्वार्थको द्वन्द्व नहुने सुनिश्चित गर्न तथा योग्यतम उम्मेदवारलाई मात्रै नियुक्त गर्न ध्यानाकर्षण गराएका हुन ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,’आयोगमा हुने कुनै पनि नियुक्तिमा यस्तो चलखेल हामीलाई स्वीकार्य छैन। छनोट समितिका सदस्यको स्वार्थ होस् वा दल र नेताहरुको, कुनै पनि स्वार्थ पदाधिकारी नियुक्तिमा रहनु हुँदैन र स्वार्थको द्वन्द्व नहुने योग्य उमेदवारहरु मात्रै छनोट गरिनुपर्छ। त्यसो नगरिएमा दोषी व्यक्तिहरुलाई जवाफदेही बनाउन जुनसुकै कदम चाल्न हामी बाध्य हुने जानकारी गराउँछौं।’
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै