Health TV Online
Health TV Online

‘एचआइभी संक्रमितलाई गरिने भेदभाव अझै पनि हट्न सकेन’

‘एचआइभी संक्रमितलाई गरिने भेदभाव अझै पनि हट्न सकेन’

हेल्थ टिभी अनलाइन \काठमाडौं : एचआइभी संक्रमितहरुलाई अझै पनि विभेद गरिने गरेको भन्दै सरोकारवालाहरुले चासो र चिन्ता व्यक्त गरेका छन् । आइतबार विश्व मानव अधिकार दिवस मनाइरहँदा एचआइभी संक्रमितहरुले भने अहिले पनि समाजबाट विभेद र अपमानित हुनुपरेको उनीहरुको गुनासो छ ।

राष्ट्रिय एचआईभी तथा एड्स महासंघकी राजेश्वरी प्रजापतिले अझै पनि समाजमा एचआईभी संक्रमितहरुमाथि मानवअधिकारको लाञ्छना अनि भेदभावका घटना देखिँदै आएको बताइन् । उनले सरकारले सबैका लागि समान मानव अधिकार भनेर सुनिश्चित गरेको भए पनि एचआइभी संक्रमित बालबालिकालाई विद्यालयबाट निकाल्ने, संक्रमित भएको थाहा पाएपछि कामबाट निकाल्ने तथा स्वास्थ्य उपचारमा समस्या हुने जस्ता समस्याहरु अझै पनि व्याप्त रहेको भन्दै यसमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन् । उनले संक्रमितहरु लैगिंक हिंसा तथा सामाजिक बहिस्कारमा समेत पर्दै आएको जिकीर गरिन् । यसका साथै उनीहरुको जन्म दर्ता तथा विवाह दर्ता तथा नागरिकतामा समस्या हुँदा पछि गएर विभिन्न अवसरबाट वञ्चित हुने गरेको उनको भनाई थियो ।

हाल नेपालमा राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रका अनुसार ३० हजार ३० जना एचआइभी संक्रमित रहेका छन् । उनीहरुमध्ये २४ हजार २३७ जना उपचारमा रहेका छन् । कार्यक्रम  राष्ट्रिय एचआईभी तथा एड्स महासंघकाे आयोजनामा भएकाे थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना