Health TV Online
Health TV Online

वीर अस्पतालले ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने

वीर अस्पतालले ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : मुलुककै जेठो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने भएको छ।

वीर अस्पतालले भर्खरै मात्र स्थापना भएको न्यूरो सर्जरी विभाग अन्तर्गत स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्र मार्फत् ब्रेन ट्युमर विशेषज्ञ सेवा दिन लागेको हो । ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सातामा दुई दिन आइतबार र बुधबार विहान १० बजेदेखि १ बजेसम्म बहिरंग विभागमा सञ्चालन हुने अस्पतालले विज्ञप्ति जारी गर्दै बताएको छ ।

यसैगरी हप्ताको दुई दिन राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत न्यूरो स्पाइन मेरुदण्ड क्लिनिक सेवा पनि अस्पतालमा सुरु भएको छ । उक्त सेवा मार्फत् टाउकोको ट्युमर र मेरुदण्ड दुखाइ लगायतका रोगका बिरामीले ठूलो राहत पाउने अपेक्षा अस्पतालको गरेको निमित्त निर्देशक डा श्रवणकुमार थापाले विज्ञप्ति मार्फत बताएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना