ए एस जी आई केयरमा एक महिनासम्म नि:शुल्क आँखा परीक्षण

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा रहेको ए एस जी आई केयर सेन्टरले एक महिनासम्म निशुल्क आँखा परीक्षण तथा परामर्श सेवा दिने भएको छ ।
यही मंसीर १५ देखि पुस १५ गतेसम्म सेवाग्राहीले यो सेवा लिन सक्ने जनाइएको छ । यसरी नि:शुल्क पाइने सेवाहरुमा आँखाको पर्दाको जाँच, चस्माको नम्बरको जाँच, जलबिन्दुको जाँच तथा विशेषज्ञ चिकित्सकबाट परामर्श समेत रहेको छ ।
नि:शुल्क सेवा लिनका लागि बानेश्वरको कृष्ण टावरमा रहेको ए एस जी केयरको टोल फ्रि नंबर १६६०० -११४- ०१४ मा सम्पर्क गर्न सकिने छ ।
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै