Health TV Online
Health TV Online

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को यही १३ गतेको बैठकले डा भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा भुसाल यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष तथा नेपाल चिकित्सक संघको अध्यक्ष समेत भइसकेका छन् । यसैगरी डा भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशको राजदूत समेत बनाएको थियो।

काउन्सिलका यसअघिका अध्यक्ष प्राडा भगवान कोइरालाको कार्यकाल सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो। भुसाल नाक, कान घाँटी रोग विशेषज्ञ हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना