Health TV Online
Health TV Online

साईमनको १५ औं अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

साईमनको १५ औं अन्तराष्ट्रिय सम्मेलन सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं : इन्टरनल मेडिसिन विषयका विशेषज्ञ चिकित्सकहरको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साईमन) को १५ औं अन्तराष्ट्रिय सम्मेलन काठमाढौंमा सम्पन्न भएको छ।

यही मंसीर १५ र १६ गते काठमाडौंमा आयोजित उक्त सम्मेलनमा नेपालसहित भारत बंगलादेश, भुटान, जापान, माल्दिभ्स, श्रीलंका बेलायत, अष्ट्रेलियाबाट गरी ४९० बढी चिकित्सकहरुको सहभागिता रहेको थियो । सम्मेलनमा ४३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । साइमनका सभापति प्राडा अरुण मास्केको नेतृत्वमा मुल समारोह समिति गठन भएको थियो । सम्मेलनको उद्घाटन गत शुक्रबार नेपालका बरिष्ठ चिकित्सक डा मृगेन्द्रराज पाण्डेले गरेका थिए ।

सम्मेलनमा बेलायतको रोयल कलेज अफ फिजिसियन एडिनबराका अध्यक्ष डा एन्ड्रु एल्डर, भारतको एसोसिएसन अफ फिजिसियन अफ इन्डियाका सभापति डा गिरिश माथुर, श्रीलंकाका श्री लंका कलेज अफ इन्टरनल मेडिसिनका सभापति डा कुमुदिनी जयसिंघे, बंगलादेशको एसोसिएसन अफ फिजिसियन अफ बंगलादेशका महासचिव प्राडा सोहेल महमुद अराफात लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डीन तथा साइमनका पूर्व सभापति समेत रहेका प्राडा जगदीशप्रसाद अग्रवाललाई मृगेन्द्र सम्झना मेडिकल गुठिको विशेष ओरेशन सम्मान प्रदान गरिएको थियो । त्यसबाहेक डा कुमुद भट्टराईलाई सर्बोत्कृष्ठ पोष्टर पुरस्कार, डा सागर पौडेललाई सर्बोत्कृष्ठ ओरल प्रजेन्टेसन पुरस्कार तथा डा सन्दिप सापकोटालाई ५० हजार रुपैयाँको पोष्ट ग्राजुएट इन्भेस्टीगेटर अवार्ड प्रदान गरिएको थियो ।

सम्मेलनको अघिल्लो दिन अर्थात १४ मंसिरमा भएको चार भिन्दा भिन्दै कार्यशालामा १२० जना इन्टरनल मेडिसिन विषयका आवासीय चिकित्सकहरु सहभागि थिए । उक्त कार्यशालामा नेपाली चिकित्सकहरुलाई तालीम दिनका लागि नेपाल बाहेक बेलायत तथा भारतबाट विशेषज्ञहरु आमन्त्रण गरिएको थियो ।

सम्मेलनको अघिल्लो दिन रोयल कलेज अफ फिजिसिएन एडिनबराका अध्यक्ष डा एन्ड्रु एल्डरले नेपालमा कार्यरत विशिष्ट शैक्षिक उपलव्धि हासिल गरेका केही चिकित्सकहरुलाई फेलो अफ रोयल कलेज अफ फिजिसियन एडिनबरा एफआरसीपी एडिन उपाधिले विभूषित गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना