Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालमा रेडिएसन सेवा सुरु भएको ७ बर्ष पुरा

नेपाल क्यान्सर अस्पतालमा रेडिएसन सेवा सुरु भएको ७ बर्ष पुरा

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले रेडिएसन सेवा सुरु गरेको ७ बर्ष पुरा गरेको छ।

यही अवसरमा अस्पतालको रेडिएसन अंकोलोजी विभागले विशेष कार्यक्रमको आयोजना गरेको छ । क्यान्सर रोगको उपचारको महत्वपूर्ण विधिमध्ये रेडिएसन थेरापी पनि एक हो। रोगको स्टेज र प्रकृति हेरेर रेडिएसन चाहिने नचाहिने चिकित्सकले निर्णय गर्ने गर्छन ।

अस्पतालले यो ७ वर्षमा ५ हजार ५ सय नयाँ बिरामीलाई रेडिएसन थेरापी दिन सकिएको जनाएको छ । अस्पतालको रेडिएसन अंकोलोजी विभागका प्रमुख डा गिसुप निख प्रसिकोले आफूहरुले विश्वमै उत्कृष्ट मानिएको रेडिएसन मेशिन मार्फत बिरामीलाई सेवा दिन सफल भएको जानकारी दिए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना