Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं महानगरभित्र प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध

काठमाडौं महानगरभित्र प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिका भित्र प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ बिक्री वितरणलाई पूर्ण रुपमा निषेध गरिने भएको छ। मंगलबार महानगरको स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै १५ दिनपछि यो व्यवस्था लागू हुने जनाएको छ ।

उक्त सार्वजनिक सूचनामा पहिलाे चरणमा प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सूर्तीजन्य पदार्थको बिक्री र प्रयोगमा रोक लगाउने उल्लेख छ ।

कसैले अटेरी गरी बिक्री गरेको पाइएमा प्रहरीले सामान जफत तथा यसका साथै यस्ता वस्तुको बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय दिइने पनि महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। यसैगरी सार्वजनिक स्थानमा गरिने धूमपानलाई पनि पूर्ण रुपमा प्रतिवन्ध लगाइने बताइएको छ ।

प्लाष्टिकमा प्याक गरिएको गुट्खा, पानपराग, सुर्ती, खैनी लगायतका सुर्तीजन्य पदार्थले स्वास्थ्यमा असर गर्ने मात्र नभएर प्लाष्ष्टिकका ढल जाम हुने तथा शहरको सुन्दरतामा समेत असर पार्ने हुँदा यसलाई सबै मिलेर रोक्न आवश्यक रहेको सूचनामा उल्लेख छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ आएको भए पनि यसको सम्पूर्ण रुपमा कार्यान्वयन नभएको भन्दै अब भने यो कानून कार्यान्वयनमा महानगर कडा भएर उत्रिने समेत जनाइएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा