आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धी तालिम दिइएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले १८ जना आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दिएको हो । योगाभ्यासको महत्व र फाइदाको बारेमा जानकारी दिने, कर्मचारीहरूलाई स्वस्थ रहन योग अभ्यास सम्बन्धी ज्ञान र सिप अभिवृद्धि गरी स्वास्थ्य संस्था मार्फत नियमित योगाभ्यास सञ्चालन गर्ने तथा विभिन्न रोगका उपचारका लागि ‘रोगानुसार योग’को ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यका साथ तालिम दिइएको हो ।
काठमाडौँ जिल्लास्थित ११ स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका संस्थाहरु रहेका छन् । उक्त १० वटा पालिकाका रहेको नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि योगाभ्यास तालिम अन्तर्गत स्वास्थ्य प्रवर्द्धनात्मक तथा उपचारात्मक योग विषयका सैद्धान्तिक तथा प्रयोगात्मक योग कक्षाहरु सञ्चालन गरिएको थियो । कार्यक्रम ७ दिन सम्म सिनामङ्गलमा सञ्चालन गरिएको थियो ।
कार्यक्रमबाट प्रदेश र स्थानीय तहमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरू मार्फत योगाभ्यास सम्बन्धि समुदायमा प्रचारप्रसार भई आयुर्वेद सेवाग्राहीको सङ्ख्या वृद्धि हुने। योग मार्फत स्वास्थ्य प्रवर्द्धन र रोग प्रशमन हुने अपेक्षा गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट नियमित रुपमा स्वास्थ्य प्रवर्द्धन तथा विभिन्न रोगका उपचारका लागि नियमित रुपमा योग सिकाउने गरिन्छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल