Health TV Online
Health TV Online

चिकित्सा शिक्षा आयोगका रिक्त चारवटा निर्देशक पदका लागि आवेदन माग

चिकित्सा शिक्षा आयोगका रिक्त चारवटा निर्देशक पदका लागि आवेदन माग

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षा आयोगका ४ वटा निर्देशक पद रिक्त भएपछि आवेदन माग गरिएको छ ।

निर्देशकका लागि नाम सिफारिस गर्न गठित समितिले मंगलबार सूचनाजारी गर्दै सात दिनभित्र आवेदन दिन भनेको हो। समितले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।

समितिले इच्छुक र योग्यता पुगेकाले आवश्यक कागजपत्रसहित ७ दिनभित्र दरखास्त हाल्न सक्ने जनाएको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना