एनएमए नेशनल हेल्थ समिट मंसीर १० र ११ मा हुने

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन यही मंसीर १० र ११ मा हुने भएको छ ।
‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्धन : अवसर र चुनौती’ भन्ने मूल नाराका साथ उक्त सम्मेलन गर्न लागिएको हो । उक्त सम्मेलन यसअघि असोज १२ र १३ मा हुने भनि घोषणा गरिएको भए पनि चिकित्सक तथा स्वास्थ्यकर्मी माथिको कुटपिट घटनाका कारण चिकित्सक एवम स्वास्थ्यकर्मी आन्दोलनमा रहेकाले स्थगित गरिएको थियो । सोही सम्मेलन यही मंसीर १० र ११ मा काठमाडौंको कार्की ब्याङ्क्वेटमा गर्न लागिएको संघले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले गर्ने जनाइएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा स्वास्थ्यका विभिन्न विषयमा प्रस्तुतीहरु रहने छन् ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल