केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथामसम्बन्धी कार्यक्रम सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं : केन्द्रीय कारागारमा नसर्ने रोग तथा मानसिक रोग रोकथाम सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय कारागार अस्पताल जगन्नाथदेवलको आयोजना तथा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा कारागार कार्यालय काठमाडौ अन्तर्गत रहेका केन्द्रीय बन्दी गृह, भद्र बन्दी गृह तथा महिला बन्दी गृहमा रहेका करिव ५०० जनाभन्दा वढी कैदी बन्दीहरुलाई भद्र बन्दी गृहको प्रांगणमा एक समारोहका वीच नसर्ने रोगहरु, सुर्तीजन्य लतको प्रभाव र मानसिक स्वास्थ्यका बारेमा एक कार्यक्रम सम्पन्न भएको हो ।
नसर्ने रोगले वार्षिक मृत्युको ७० प्रतिसत भन्दा बढीले महामारीको रुप लिइरहेको अवस्थामा तथा हालै केन्द्रिय कारागार अस्पतालले देशभर ७४ जिल्लामा रहेका ७७ कारागारमा रहेका करिब ३० हजार कैदीबन्दीमा गरिएको सर्बेमा नसर्ने रोग र मानसिक समस्या बढ िदेखिएकाले त्यसको रोकथाम निदान तथा उपचारको पहुच र निरन्तरताका लागी केन्द्रीय कारागारका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश वुढाथोकीको बिशेष पहलमा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरु डा.केदार मरहठ्रठा र डा.लोनीम प्रसाई दिक्षीत तथा प्रमुख मे.सु डा. बुढाथोकीले सुधारगृहभित्र नै नसर्ने रोगहरु,मानसिक रोग,मधुमेह, मुटु सम्वन्धि रोग,मृगौला संवन्धि रोग,सुर्तीजन्य पदार्थको अनुचित प्रयोग तथा मदिरा सेवन लगायतको प्रकोप, नियन्त्रण,रोकथाम, तथा उपचारका वारेमा कैदीवन्दीहरुलाई प्रशिक्षण दिएका थिए ।
कारागारहरुमा कैदीबन्दीहरुको संख्या दिनहु वढीरहेको र उनीहरुको स्वास्थ्यकर आवासको समेत व्यवस्थापन गर्न समस्या परिरहेको अवस्थामा तिनवटै कारागारका परामर्शदाता बन्नसक्ने क्षमता र सीप भएका कैदीबन्दीहरुलाई एकै स्थानमा भेला गराई उनीहरुलाई स्वास्थ्यकर खानपान, जीवनशैली,नियमित शारिरिक अभ्यास, स्वास्थ्यप्रद वानीब्योहोरा आदीका वारेमा सचेतनामुलक कार्यक्रम संचालन गर्नाले नसर्ने रोगको कमसेकम ५० प्रतिशत नियन्त्रण तथा रोकथाम गर्नका लागि महत्वपूर्ण भुमिका खेल्नेमा सहजकर्ता,सहभागी र आमन्त्रित सवै सहमत भएका छन । कार्यक्रममा ब्यक्तिगत काउन्सेलिड,लत छोडने तथा तनाव ब्यवस्थापनका अभ्यासहरु पनि सिकाईएको थियो ।
उक्त अभिमुखीकरण कार्यक्रम केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश वुढाथोकीको बिशेष आतिथ्य तथा कारागार कार्यालय काठमाडौका प्रमुख ललितकुमार वस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा