मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्धारा २ विश्व रेकर्ड कायम

हेल्थ टिभी अनलाइन \काठमाडौं : मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलले २ विश्व रेकर्ड कायम गर्न सफल भएका छन् । विश्व मुटु दिवसको अवसर पारेर सेप्टेम्बर २९, २०२३ मा डा ओम मूर्तिले आफनो फेसबुक पेजबाट मुटुरोग सम्बन्धी सचेतनामूलक लाइभ प्रस्तुतीबाट विश्व रेकर्ड कायम गरेका हुन् ।
फेसबुक लाइभमा कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक भन्ने शिर्षकमा डा मूर्तिले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका हुन् । सेप्टेम्बर २९ को साँझ ७ बजेर १५ मिनेटमा सुरु भएको आधा घण्टा लामो प्रस्तुतीमा ११ हजार २१२ जनाले एकैपटक प्रत्यक्ष लाइभ हेरेका थिए । डा मूर्तिको उक्त फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए भने २० हजार लाइक र १८ हजार कमेन्ट आएको थिए । फेसबुक लाइभ प्रस्तुती सम्पन्न हुने बेला सम्म १ लाख ५० जनाले हेरेका थिए ।
डा मूर्ति यसरी स्वास्थ्य सचेतना जगाउन फेसबुक पेजमार्फत यति धेरै भ्युज पाउने र विश्व रेकर्ड कायम राख्ने पहिलो नेपाली डाक्टर त हुँदै हुन् । विश्वमा पनि पहिलो हुन सफल भएका छन् । उनले आफूले सर्वसाधारणलाई सचेत गराएर मुटुरोगको केही हदसम्म भार कम गर्न सहयोग गर्न सक्छु की भनेर सचेतना कार्यक्रम सुरु गरेको र अहिले आएर त्यही कामले विश्व रेकर्ड राखेको देख्दा निकै हर्षित भएको बताए । उनले यसको श्रेय सबै दर्शकलाई जाने समेत जनाए ।
यसैगरी यो मात्र होइन, डा मूर्तिले अर्को विधामा पनि विश्व रेकर्ड बनाउन सफल भएका छन् । उनले सन् २०१३- १४ मा इमेज एफएम १०३ दशमलब ६ मेघाहर्जमा मुटुरोग र यसबाट बच्न अपनाउनुपर्ने उपायकाबारेमा लगातार ४४ हप्ता ४४ एपिसोडका गेस्ट डाक्टरका रुपमा कार्यक्रममा पुगेर आफनो ज्ञान शेयर गरेका थिए । यो विधामा पनि उनले विश्व रेकर्ड कायम गरेका छन् । यसमा उनलाई अन्तवार्ता लिने सञ्चारकर्मी शैलजा सिंह पनि यो विश्व रेकर्डमा समावेश भएकी छिन् ।
डा मूर्तिले विगत १२ वर्षदेखि मुटुरोगको रोकथामका लागि फेसबुक पेज मार्फत जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छन् । उनका सूचनामूलक भिडियोलाई दर्शकले निकै मन पराउने गरेको पाइन्छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल