नेपाल क्यान्सर अस्पतालमा मनाइयो विश्व रेडियोग्राफी दिवस

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले विश्व रेडियोग्राफी दिवस मनाएको छ ।
बिहिबार अस्पतालमा एक कार्यक्रम गरी रेडियोग्राफी दिवस मनाइएको हो । कार्यक्रममा अस्पतालका रेडियसन अंकोलोजी विभागका प्रमुख डा गिसुप निख प्रसिखले स्वागत मन्तब्य दिएका थिए । यसैगरी अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले क्यान्सर उपचारमा रेडियोथेरापीको महत्वकोबारेमा जानकारी दिएका थिए । यसैगरी कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरेले पनि मन्तब्य राखेका थिए ।
कार्यक्रममा रेडियसन विभागमा कार्यरत डाक्टर तथा कर्मचारी सहभागी भएका थिए । ८ नोभेम्बर १८९५ मा एक्स रे विकिरण पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष नोभेम्बर ८ तारिखलाई विश्व रेडियोग्राफी दिवसको रुपमा मनाउने गरिन्छ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल