Health TV Online
Health TV Online
Health TV Online

क्षयरोग परीक्षण : बिरामीलाई ल्याबमा होइन, ल्याब बिरामीसम्म लैजान जरुरी

क्षयरोग परीक्षण : बिरामीलाई ल्याबमा होइन, ल्याब बिरामीसम्म लैजान जरुरी

कल्पना आचार्य \गोवा :  क्षयरोग अन्त्यका लागि सबै खालका क्षयरोग समयमै पत्ता लाग्न जरुरी हुन्छ । विज्ञहरुले क्षयरोग पत्ता लगाउनका लागि मानिसलाई ल्याबसम्म होइन, ल्याबलाई मानिस भएको स्थानसम्म लैजान जरुरी रहेको औंल्याएका छन् ।

यो विषय उठान भएको हो यही नोभेम्बर ३ र ४ मा भारतको गोवामा भएको ‘फाइन्ड अल टिबी टु स्टप टिबी’ नामक सम्मेलनमा । सम्मेलनमा सहभागी भएका विज्ञहरुले क्षयरोग अन्त्यका लागि यसको भरपर्दो परीक्षण नै रहेको भन्दै क्षयरोग पत्ता लगाउने मोलिक्युलर परीक्षण सबैले पाउनुपर्ने बताए । नेपाल, बंगलादेश, भारतका विभिन्न मिडियामा कार्यरत संचारकर्मी तथा क्षयरोग अन्त्यको अभियानमा लागेका विज्ञहरु लगायतको सहभागिता रहेको उक्त सम्मेलनमा क्षयरोग अन्त्यका लागि पहिलो प्राथमिकता सबैको पहुँचमा परीक्षण र त्यसमा पनि सजिलो गरी मोलिक्युलर टेस्ट हुनुपर्नेमा सबैको एउटै आवाज रहेको थियो ।

पहिचान बिना रोगको उपचार हुने कुरै भएन त्यसका लागि पहिले परीक्षण त्यसमा पनि भरपर्दो परीक्षण चाहिने बताउँछन् द यूनियन एशिया प्यासिफिक क्षेत्रका निर्देशक डा तारासिंह बम । उनले भने, ‘अब हामीले हाम्रो माइन्डसेट बदल्नुपर्छ । क्षयरोग अन्त्य गर्न टार्गेट ग्रुप छुट्याएर हुँदैन । यसमा ‘नो टार्गेट ग्रुप’ हामी सबै क्षयरोगको जोखिममा छौं । कसले भन्छ हामीलाई क्षयरोग हुन सक्दैन भनेर ? त्यसैले ‘टु इन्ड टिबी नो टार्गेट ग्रुप फाइन्ड अल, टेस्ट अल’ भन्ने नीतिमा जानुपर्छ । अनि मात्र क्षयरोग अन्त्य हुनसक्छ ।’ उनले जोखिम समूह नछुट्याई सबैलाई जोखिम समूह मानेर परीक्षण गर्न पर्नेमा जोड दिए ।

सम्मेलन टीबी पिपुल इन्डिया, पिपुल्स हेल्थ अर्गनाइजेसन, एपीक्याट, एपीक्याट मिडिया, ग्लोबल एएमआर मिडिया अलायन्स,जर्नालिस्ट अगेन्स्ट टीबी, सीएनएस, मोलबायो डायग्नोष्टिकको संयुक्त आयोजनामा भएको हो ।

आयोजक मध्ये मोलबायो डायग्नोष्टिकका अध्यक्ष सुमित मित्राले क्षयरोग अन्त्यका लागि क्षयरोग पत्ता लगाउन नै जरुरी रहेको भन्दै आफूहरुले सबैको पहुँचमा पुग्न सक्ने मोलिक्युलर टेस्ट ट्रुनट मेशिन मार्फत धेरै सर्वसाधारणको क्षयरोग लगयात अन्य धेरै प्रकारका परीक्षण गरिरहेको बताए ।

मित्राले क्षयरोगको परीक्षणमा सबैको पहुँच पुराउनका लागि आफनो कम्पनीले बनाएको ट्रुनट मेशिन उपयोगी हुने बताए । उनले भने, ‘यो यस्तो उपकरण हो जसका लागि नत ठूलो ल्याब सेटअप चाहिन्छ नत बिजुली । यो सानो ठाउँमा जहाँ पनि लान सकिने र ब्याट्रीबाट चल्ने मेशिन हो । यसबाट परीक्षण गर्दा बिरामीले एक घण्टामै रिपोर्ट पाइहाल्छन्। जसले गर्दा उपचारमा पनि ढिलाई हुँदैन ।’ उनले गोवामा अहिले माइक्रोस्कोपीलाई विस्तापित गर्दै शतप्रतिशत मोलिक्युलर टेस्ट हुन थालेपछि बिरामी पत्ता लगाउने दर निकै बढेको समेत जिकीर गरे । विश्वका ७० भन्दा बढी देशमा ट्रुनट मेशिनबाट क्षयरोग लगायत विभिन्न रोगको पहिचान भइरहेको समेत उनले जिकीर गरे ।

यो मोक्यिुलर टेस्ट गर्ने उपकरण विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त मेशिन हो जुन ७० भन्दा बढी देशमा प्रयोग भइरहेको छ । यसैगरी उनले आफूहरुले बिरामीलाई ल्याबसम्म ल्याउन निकै कठिन भएको भन्दै ल्याब नै बिरामीहरु भएको स्थानमा लैजाने नयाँ कन्सेप्टका साथ अघि बढेको बताए ।

नेपालमा पनि मोलिक्युलर टेस्ट मेशिनबाट १२९ स्थानमा परीक्षण भइरहेको छ । यद्यपी नेपालमा अधिकांश स्थानमा अहिले पनि पुरानो पद्धति माइक्रोस्कोपी मार्फत नै परीक्षण हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनले सबैलाई मोलिक्युलरबाट नै परीक्षण गर्न निर्देशित गरेको छ । मोलिक्युलर टेस्टको विश्वसनियता ९५ प्रतिशतसम्म हुन्छ भने माइक्रोस्कोपीको विश्वसनीयता बढीमा ७० प्रतिशतसम्म मात्र हुने विज्ञहरुको भनाई छ । मुख्य गरी क्षयरोग पत्ता लगाउन गरिने मोलिक्युलुर टेस्ट सबैभन्दा बढी भरपर्दो र विश्व स्वास्थ्य संगठनले मान्यता दिएको परीक्षण हो सबैले यही विधिबाट जाँच गर्न पाउनुपर्छ । क्षयरोगको भरपर्दो परीक्षण र उपचारलाई पहुँचयोग्य बनाउन सके मात्र विश्वमा क्षयरोग अन्त्य हुने विज्ञहरुको ठम्याई छ ।

सम्मेलनमा विज्ञहरुले क्षयरोग अन्त्यका लागि अर्को गर्नुपर्ने कुरा पनि औंल्याएका छन् त्यो हो ‘पिपुल्स सेन्ट्रिक अपोर्च ।’  सर्वसाधारण्लााई केन्द्रमा राखेर लोकल लिडरहरुलाई साथमा लिएर गएमा क्षयरोग अन्त्यमा निकै सहयोग हुनेछ । विज्ञहरुले भने, क्षयरोगको पहिचानदेखि उपचारसम्मको प्रक्रिया पिपुल्स सेन्ट्रिक हुनुपर्छ । उपचार गरेपछि निको बनाउन सकिने क्षयरोगबाट वर्षेनी लाखौं मानिसको ज्यान जानु दुखद भएको भन्दै यसलाई रोक्न सबैको हातेमालो आवश्यक रहेको सम्मेलनको मुख्य एजेन्डा थियो ।

नेपालमा क्षयरोग

नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याकै रुपमा रहेको छ । नेपालमा प्रत्येक वर्ष १७ हजार मानिसको क्षयरोगका कारण मृत्यु हुने गरेको छ । यसैगरी प्रत्येक वर्ष ६९ हजार नयाँ बिरामी थपिने गरेका छन् । यी मध्ये ३१ हजार ६४७ जना उपाचारबाहिर छन् । उनीहरु नेपालमा क्षयरोग अन्त्यको टार्गेट पूरा गर्न ठूलो चुनौती हुन् ।नेपालमा टीबी फ्रि एनिसियटिभ मार्फत क्षयरोगीको नि: शुल्क पहिचा तथा उपचार भइरहेको छ । सन् २०३० सम्म क्षयरोग अन्त्यका लागि विभिन्न समूदायस्तरका कार्यक्रम अघि सारिएकाे छ ।

 

 

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा