Health TV Online
Health TV Online
Health TV Online

मधुमेहले आँखामा पार्ने असरबारे छलफल

मधुमेहले आँखामा पार्ने असरबारे छलफल

हेल्थ टिभी अनलाइन \काठमाडौं : मधुमेह भएका व्यक्तिमा आँखामा हुनसक्ने समस्याकाबारेमा काठमाडौंमा छलफल भएको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले आयोजना गरेको छलफल कार्यक्रममा विज्ञहरुले मधुमेह भएका व्यक्तिहरुले सुगर नियन्त्रण गर्नुका साथै नियमित आँखा समेत जाँच गराउनुपर्ने बताएका छन्। कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानकी वरिष्ठ आँखाको पर्दा विशेषज्ञ डा. रबा थापाले मधुमेह भएका व्यक्तिले आँखामा ध्यान नदिंदा दृष्टि समेत गुम्ने खतरा हुने हुँदा उनीहरु बढी सचेत हुनुपर्ने बताइन्। विश्व मधुमेह दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत उक्त छफफल चलाइएको हो ।

विश्व मधुमेह दिवस २०२३ नोभेम्बर १४ को  नारा ‘जोखिम बुझौं, सजगता अपनाऔं’ रहेकाे छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले यही कार्तिक १८ गते देखि २५ गतेसम्म मधुमेह र यसले आँखामा पार्ने असर (डायबेटिक रेटिनोप्याथी) को सचेतनाका लागि साताव्यापी कार्यक्रमको आयोजना गरेको छ ।

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार प्रत्येक १० मध्ये १ मानिसलाई मधुमेह हुन सक्छ भने कम आयश्रोत भएका राष्ट्रहरुमा प्रत्येक ४ मध्ये ३ मानिसलाई मधुमेह हुनसक्दछ । विश्वभरका २० देखी ७९वर्ष उमेर समुहका १०.५ प्रतिशत वयस्क जनसंंख्यामा मधुमेह हुनसक्ने भए पनि त्यस मध्येको आधा जनसंख्या मात्र यसबारे जानकार रहेको पाईन्छ । मधुमेह भएका मध्ये ९० प्रतिशत मानिसलाई टाइप टु मधुमेह हुने गरेको र त्यसमा सामाजिक–आर्थिक, जनसंख्या, वातावरण र वंशानुगत जस्ता विषयको प्रभाव पर्ने गरेको पाईन्छ । मधुमेह भएका प्रत्येक ३ मध्ये १ मानिसलाई डायबेटिक रेटिनोप्याथी देखा पर्दछ ।

मधुमेहका असरहरुमा अन्धोपन, हृदय रोग, मृगौला रोग, खुट्टा काट्नुपर्ने सम्मको अवस्था र मधुमेह अनियन्त्रित भएको खण्डमा असामयिक निधन समेत हुन सक्दछ । त्यस्तै, गर्भावस्थामा रहँदा प्रत्येक ६ जनामध्ये १ जनामा मधुुमेह प्रभाव देखिन्छ । मधुुमेह भएका व्यक्तिलाई यसबाट हुने असरको व्यवस्थापन गर्न नियमित शिक्षाको पहुँच पुराउन जरुरी छ । प्रशस्त पानी, सागसब्जी, फलफूल तथा अन्य पौष्टिक आहार सेवनका साथै शारीरिक व्यायाम गरी मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ ।

मधुमेहको आँखामा असर “डायवेटिक रेटिनोपेथी” सम्बन्धि जनचेतना जगाउनका लागि तथा आँखा स्वास्थ्य सचेतनाका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोपेथी दिवस” मनाउदै आएको छ र विगत १७ वर्षदेखि साताव्यापी जनचेतना कार्यक्रम गर्दैै आएको छ ।

यस वर्षका कार्यक्रमहरुमा अस्पतालले कार्तिक १९ गतेदेखी २५ गतेसम्म मधुमेह भएका बिरामीहरुलाई निःशुल्क दर्ता सेवा उपलब्ध गराएको छ साथै विपन्न बिरामीहरुलाई उपचार खर्चमा छुटको व्यवस्था समेत गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा