युनिभर्सल मेडिकल कलेज र विद्यार्थीबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

हेल्थ टिभी अनलाइन : भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (युसीएमएस) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ। झण्डै एक महिनादेखि विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीका माग पूरा हुने भएपछि सेवा प्रवाह र विद्यार्थीको पढाइ सुचारु भएको हो ।
कलेजकी प्रिन्सिपल प्राडा लक्ष्मी पाठकले विद्यार्थीलाई विभिन्न बहानामा मानसिक यातना दिने गरेको भन्दै आनदोलन सुरु गरेका विद्यार्थीले कलेजले पाठकलाई पदमुक्त गर्ने सहमतिगरेपछि आन्दोलन फिर्ता लिएका हुन् । योसँगै विद्यार्थी र कलेजबीच ६ बुँदै सहमति भएको छ ।
कलेजले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने मागसहित विद्यार्थीहरु एक महिनादेखि आन्दोलनमा थिए । अब भने सबै आन्दोलनका कार्यक्रम फिर्ता लिइएको छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल