Health TV Online
Health TV Online

डा भगवान कोइरालाले अबदेखि ह्याम्स अस्पतालबाट नियमित उपचार सेवा दिने

डा भगवान कोइरालाले अबदेखि ह्याम्स अस्पतालबाट नियमित उपचार सेवा दिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले अबदेखि धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालबाट नियमित सेवा दिने भएका छन् ।

आइतबार अस्पतालमा एक कार्यक्रम गर्दै डा कोइरालालाई स्वागत गरिएको थियो । सोही कार्यक्रममा डा कोइरालाले आफूले अबदेखि हरेक दिन २ बजेपछि ह्याम्स अस्पतालबाट बिरामीलाई सेवा दिने बताए । डा कोइरालाले ह्याम्स अस्पतालमा मुटुको उपचारका लागि चाहिने सम्पूर्ण प्रविधि र राम्रो टिम भएकाले आफू अस्पतालसँग जोडिएर सेवा दिने निर्णय लिएको बताए । उनले आफू जहाँ भए पनि बिरामीले सेवा पाउनुपर्छ भन्नेमा विश्वास राख्ने समेत जिकीर गरे ।

अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले डा कोइराला ह्याम्सको स्थापना कालदेखि जोडिएको बताउँदै ४ वर्ष नेपाल मेडिकल काउन्सिलको प्रमुखको जिम्मेवारीमा भएका कारण सेवा दिन नसके पनि अब भने फेरि ह्याम्सबाट सेवा दिन सुरु गर्नुभएकोमा आफू र अस्पताल प्रशासन खुशी रहेको विचार व्यक्त गरे । डा कोइरालालाई स्वागत गर्दै अस्पतालका अध्यक्ष आरएस भण्डारीले डा कोइराला आफनो अस्पतालमा जोडिएसँगै अब भने देशमै मुटुको उत्कृष्ट उपचार गर्ने अब्बल टिम खडा भएको बताए । उनले मुटुको अत्याधुनिक प्रविधिसहितको उपचार ह्याम्स अस्पतालमा हुने समेत बताए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना