भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले जाजरकोट भूकम्पका घाइतेहरुको उपचार नि: शुल्क गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निशुल्क उपचारगर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
मन्त्री बस्नेतले भूकम्पपछि तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको समेत जानकारी दिए ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल