डब्लुएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित

हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य संगठन डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशकमा बंगलादेशका प्रधानमन्त्रीकी छोरी समेत रहेकी साइमा वाजेद विजयी भएकी छिन्। उनका प्रतिस्पर्धी नेपालका डा शम्भु आचार्य पराजित भएका छन्।
वाजिदले १० मध्ये ८ भोट पाउँदै निर्देशकमा चयन भएकी हुन्। नेपालका उम्मेदवार आचार्यले १० मध्ये २ भोट मात्र पाए। भारतको नयाँदिल्लीमा भएको क्षेत्रीय सभा अन्तर्गत बुधबार सम्पन्न निर्वाचनमा म्यानमार बाहेक १० देशका प्रतिनिधि सहभागी भएका थिए।
नयाँ निर्देशक वाजिदको मनोनयनलाई आउँदो जनवरीमा हुने विश्व स्वास्थ्य संगठनको महासभाले अनुमोदन गर्नेछ। उनको कार्यकाल ५ वर्षको हुनेछ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल