Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयले भन्यो : चाडबाडको समयमा खानपानमा ध्यान दिनु

स्वास्थ्य मन्त्रालयले भन्यो : चाडबाडको समयमा खानपानमा ध्यान दिनु

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं, तिहार र छठ पर्वको शुभकामना दिँदै खानपानमा विशेष ध्यान दिन भनेको छ ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै रातो मासुको सट्टा सेतो मासु, ताजा फलफूल र रेशादार खानेकुरामा जोड दिन सुझाव दिएको हो।

मन्त्रालयले चाडबाडको बिदाका दिनमा पनि अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने हुँदा केही परेमा सेवा लिन सकिने जनाउँदै सम्बन्धित निकायलाई एम्बुलेन्स लगायतका सेवा अपडेट राख्न समेत निर्देशन दिएको छ । केही स्वास्थ्य सम्बन्धी जानकारी लिन परेमा हटलाइन नंबर १११५ र ११३३ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना