देशभरका बालबालिकालाई कार्तिक १७ र १८ गते भिटामिन ‘ए’ खुवाइने

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पाँच वर्षसम्मका बालबालिकालाई कार्तिक १७ र १८ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ ।
यसभन्दा अघिका वर्षमा सरकारको कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने निर्धारित कार्यक्रम तय हुने भए पनि यसपटक दशैं परेकाले समय परिर्वतन गरेर कार्तिक १७ र १८ गते खुवाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ । नजिकैकौ स्वास्थ्य संस्थामा गएर आफना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधी खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल