Health TV Online
Health TV Online

सासुलाई बुहारीले दिइन् आफ्नो कलेजो

सासुलाई बुहारीले दिइन् आफ्नो कलेजो

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंकी ६२ वर्षीया सासुलाई ३७ वर्षीया बुहारीले आफनो कलेजो दान दिएर बचाएकी छिन् । भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उनको केलेजो प्रत्यारोपण भएको हो ।

यो सँगै राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको संख्या १४ पुगेको छ । प्रत्यारोपण विशेषज्ञ एवं प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अहिले अंग दिने र लिने दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । स्मरण रहोस् नेपालमा अंगदानमा महिला नै अघि रहेका छन् । पुरुषलाई अंग दिन महिला अघि सरे पनि पुरुषहरु महिलालाई अंग दिनका लागि सधैं पछि गर्ने गरेको तथ्यांकले देखाउँछ ।

देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको शुरुवात गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ । संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता वृद्धि हुँदै न्यूनतम शुल्क रु १५ लाखमा हुने गरेको छ ।

केन्द्रमा २०७३ मङसिर २२ गते दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । त्यस पश्चात छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरुको सहयोगमा निरन्तरता पाउँदै आएको र पछिल्लो ३ कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सकको प्राविधिक सहयोगमा गरी रहेको कुरा प्रत्यारोपण विज्ञ डा श्रेष्ठले बताए । यही असोज २६ गते शुक्रवारका दिन भएको पछिल्लो कलेजो प्रत्यारोपणमा भारतको लेकसोर अस्पतालका डा. शिल्भा कुमार नागानाथमले सघाएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना