औषधी उद्योगी प्रज्वलजंग पाण्डे नेपालका लागि रुवाण्डाका महावाणिज्य दूतमा नियुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : औषधी उद्योगी तथा नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डे नेपालका लागि रुवाण्डाका महाबाणिज्य दूतमा नियुक्त भएका छन् ।
परराष्ट्रमन्त्री एनपी साउदले सोमबार पाण्डेलाई प्रमाणपत्र दिँदै नेपालका लागि रूवाण्डाको वाणिज्यदूतको आधिकारिकता प्रदान गरेका हुन ।
वाणिज्यदूतमा पाण्डेको नियुक्तिसँगै द्विपक्षीय सहायता तथा सहयोगमा नेपालले काम गर्ने भएको छ । जसमा व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा द्विपक्षीय रूपमा विशेष सुविधाको उपयोग गर्न पाईने नवनियुक्त वाणिज्यदूत पाण्डेले जानकारी दिए ।
कार्यक्रममा परराष्ट्र मन्त्री साउदले पाण्डेको नियुक्तिसँगै नेपाल र रुवान्डा बीच दुई देशीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास सरकारले लिएको जिकीर गरे ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल