राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामै २८ जनाको सफल अंग प्रत्यारोपण

हेल्थ टिभी अनलाइन \काठमाडौं : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भाद्र महिनामा २८ जनाको अंग प्रत्यारोपण सम्पन्न भएको छ । सत प्रतिशत सफलताका साथ २७ जनाको मिर्गौला र १ जनाको कलेजो प्रत्यारोपण भाद्रमा सम्पन्न भएको केन्द्रका कार्यकारी निर्देशक एवम मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा पुकार चन्द्र श्रेष्ठले बताए । स्थापनाको ११ वर्षमा प्रत्यारोपण केन्द्रमा १ हजार १ सय २७ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ ।
केन्द्रले नेपालमै पहिलो पटक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा २०७३ मंसीर २२ गते कलेजो प्रत्यारोपण र २०७४ बैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यू भएका व्यक्तिको मृर्गौला प्रत्यारोपण गरी हाल सम्म पाँच जना मष्तिष्क मृत्यू भएका व्यक्तिबाट १० जनाको मिर्गौला र ३ जनाको कलेजो प्रत्याारोपण गरेको छ भने आपसी साटासाटबाट हाल सम्म ४६ जोडीको मिर्गौला प्रत्यारोपण समेत भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकों शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले संस्थाको आफ्नै भवन नभएको अवस्थामा पनि सबै भन्दा धेरै कलेजो र मृर्गौला प्रत्यारोपण गर्नका साथै अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार गरेको तथा देश भरी प्रत्यारोपण र डायलाइसिस सेवा विस्तार गर्न प्रयासरत रहेको छ । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र साथै कर्णाली प्रदेशको सुर्खेत प्रादेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल