Health TV Online
Health TV Online

स्लाभिका आइभीएफको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

स्लाभिका आइभीएफको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्लाभिका आइभीएफ तथा रिसर्च सेन्टरको आयोजनामा सिनामंगलमा रहेको सिद्धिबिनायक मन्दिर परिसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत स्लाभिकाले उक्त शिविरको आयोजना गरेको हो ।

जनरल रोगहरूसँगै स्त्रीसँग सम्बन्धित रोग तथा उपचारका लागि सञ्चालित उक्त शिविरमा १४० जनाले सेवा लिएको आयोजक टिमकी डा निलम ठाकुरले जानकारी दिइन् । उनले तीमध्ये ११० जना स्त्रीरोगसँग सम्बन्धित बिरामी आएको समेत जानकारी दिइन् । उक्त शिविरमा सिद्धिबिनायक मन्दिर समितिसँग सहकार्य गरेर गरिएको थियो ।

शिविरमा डा उर्मिला कार्की, डा निलम ठाकुर कुँवर ,डा निकिता ढकाल, डा सन्तोष कुमार, डा सम्झना फुयाँल लगायतले बिरामी जाँच गरेका थिए । स्लाभिकाले यस प्रकारको निशुल्क शिविर आगामी दिनमा पनि गर्ने जनाएको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना