डाक्टर कुटपिटको विरोधमा प्रदर्शन (फोटोफिचर)

हेल्थ टिभी अनलाइन \काठमाडौं : डाक्टरमाथि एकपछि अर्को गर्दै भइरहेको कुटपिटको घटनालाई लिएर डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगंजका आवासीय डाक्टरहरु आज माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुलाई अन्य अस्पतालमा काम गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीले पनि साथ दिएका थिए ।
उनीहरुले पछिल्लो समय लगातार उपचारमा खटिएका डाक्टर तथा स्वास्थ्यकर्मीमाथि सुनियोजित ढंगबाट आक्रमण भइरहेको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको बताएका छन्। डाक्टरले गलत उपचार गरेर गल्ती गरेमा नेपाल मेडिकल काउन्सिलले कारबाही गर्ने बाटो हुँदाहुँदै डाक्टरमाथि हातपात गर्नु दुःखद भएको उनीहरुको भनाई छ ।
विभिन्न प्ले कार्ड बोकेर निस्किएका उनीहरुले अस्पतालमा सुरक्षित भएर काम गर्ने वातावरण बनाउन र दोषीलाई कारवाही गर्न माग गरेका छन्। हिजो मात्र पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि कुटपिट भएको थियो भने यसअघि विभिन्न जिल्लामा डाक्टर कुटपिटका घटना आइरहेका छन्।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल