Health TV Online
Health TV Online

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात

हेल्थ टिभी अनलाइन \काठमाडौं : बिरामीको मृत्युपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा तनाव भएको छ । उपचारका क्रममा लमजुङकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि उनका आफन्तले चिकित्सकमाथि हातपात गरेका हुन्।

बिरामीको अवस्थाको बारेमा जानकारी नदिएको तथा उल्टो बिरामीका आफन्तमाथि अभद्र व्यवहार गरेको भन्दै चिकित्सकमाथि आक्रमण भएको हो । उपचारमा खटिएका चिकित्सकमाथि नै हातपात भएपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ भने स्थिति तनवाग्रस्त बनेको छ ।

लमजुङबाट उपचारका लागि ल्याइएकी बिरामीको आइसीयूमा उपचार भइरहेकोमा सोमबार निधन भएको थियो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना