नेपाल क्यान्सर अस्पताल र नेपाल क्यान्सर रिलिफ सोसाइटीबीच सम्झौता

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र नेपाल क्यान्सर रिलिफ सोसाइटीबीच क्यान्सरको सचेतना बढाउन तथा क्यान्सर रोकथाम र उपचारमा सहकार्य गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार अबदेखि क्यान्सरबारे गाउँ गाउँसम्म सचेतना फैलाउनका लागि विभिन्न कार्यक्रमहरु गर्ने, क्यान्सर लाग्नबाट बच्न बिरामीको व्यवहार परिवर्तनमा सहयोग गर्ने, क्यान्सर सम्बन्धी अनुसन्धानहरु गर्ने लगायतका विषयमा दुई संस्थाबीच सम्झौता भएको हो ।
यो सम्झौता २ वर्षसम्म कायम रहनेछ । सम्झौता पत्रमा नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ र क्यान्सर रिलिफ सोसाइटीका तर्फबाट मुख्य प्रशासकीय अधिकृत टिका प्रसाद अधिकारीले हस्ताक्षर गरेका हुन् ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल