Health TV Online
Health TV Online

कलकत्ताको एएमआरआई हस्पिटलमा नेपाली बिरामी बढ्दै

किन जान्छन् नेपाली बिरामी कलकत्ता ?

कलकत्ताको एएमआरआई हस्पिटलमा नेपाली बिरामी बढ्दै

हेल्थ टिभी अनलाइन \काठमाडौं : आफू बिरामी पर्दा सकेसम्म उपचार आफनै देशमा गर्न पाए हुन्थ्यो भन्ने धेरैलाई लाग्छ नै । आफनै देशमा उपचार पाए त्यो भन्दा राम्रो अर्को हुँदा पनि हुँदैन । तर नेपाली बिरामी विभिन्न कारणले उपचारका लागि अन्य मुलुक जानै परेमा भारत पहिलो नंबरमै आउँछ । दूरीका हिसाबले नजिक भएका कारण र भारतले मेडिकल साइन्समा गरेको विकासका कारण पनि धेरै नेपालीको रोजाईमा भारतका अस्पताल पर्ने गरेका छन्।

नेपाली बिरामीहरु उपचारका लागि सामान्यतया भारतको नयाँ दिल्लीमा धेरै जाने गरेको पाइन्छ । र धेरैले सोच्ने पनि त्यही हो । यहाँबाट दिल्ली जानुमा पहिलो कारण त काठमाडौंबाट दिल्लीका लागि दैनिक नियमित उडान नै पहिलो सहज हुने कारण हो । यसैगरी अपोलो, एम्स, मेदान्त लगायतका अस्पतालमा बिरामी उपचारका लागि जान चाहन्छन् । तर पछिल्लो समय दिल्ली बाहेक कलकत्तामा पनि नेपाली बिरामीहरु ठूलो संख्यामा जाने गरेको पाइएको छ ।

यही क्रममा दुई साताअघि म लगायत ३ जनाको सञ्चारकर्मीको टाेली कलकत्ताको एएमआरआई अस्पताल भिजिटका लागि पुगेका थियौं । त्यहाँ पुग्दा के थाहा भयो भने कलकत्ताको अस्पतालमा पनि ठूलो संख्यामा बिरामीहरु त्यहाँ पुग्दा रहेछन् । हामीले एएमआरआई अस्पताल भिजिटका क्रममा त्यहाँ उपचार गरिरहेका केही नेपाली बिरामीहरुसँग पनि कुराकानी गरेका थियौं । उनीहरुले आफनो परिचय नखोल्दिन आग्रह गर्दै आफू कसरी त्यहाँसम् पुगें भन्ने जानकारी दिए ।

ती मध्ये मिर्गौला प्रत्यारोपणका लागि झापाबाट उक्त अस्पताल पुगेका बिरामीले नेपालमा उपचार प्रक्रिया पुराउन नसकेर कलकत्ता आएको बताए । उनले उपचार सेवा असाध्यै राम्रो भएको समेत जिकीर गरे । ३ महिनादेखि मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएर बसेका उनको अहिले डायलाइसिस भइरहेको छ भने प्रत्यारोपणका लागि कानूनी प्रक्रिया चलिरहेको छ । कलकत्ता जाने बिरामी मध्ये धेरै जना मिर्गौला प्रत्यारोपणका हुने एएमआरआई हस्पिटल्स ग्रुपका सिइओ रुपक बरुवाले जानकारी दिए ।

उनले भने, ‘नेपालबाट धेरै बिरामी प्रत्यारोपण सेवाका लागि आउने गरेका छन् त्यसपछि जीआई सर्जरीका लागि पनि बिरामी आइरहेका छन् । बाल सर्जरीमा पनि बिरामी आउन थालेका छन् भने केही परीक्षणहरुमा पनि ।’ उनले नेपालमा भन्दा सस्तो सेवा भएकाले पनि आफूकहाँ बिरामी आउने गरेको दाबी गरे । बिरामी नेपालमै हुने उपचारका लागि भन्दा पनि त्यहाँ नहुने उपचारका लागि आएको राम्रो । तर त्यहाँ सम्भव हुने बिरामीको लागि आउनै पर्दैन । हामी आउनुस पनि भन्दैनौं । उनले थपे । उनले भारतका अन्य शहरका अस्पतालमा भन्दा एएमआरआई अस्पतालमा उपचार सस्तो हुने समेत जिकीर गरे । उनले भने, अन्य अस्पतालहरुमा अन्तराष्ट्रिय बिरामीका लागि १५ देखि ३० प्रतिशतसम्म छुट्टै चार्ज लिने गरेका छन् तर हामी बिरामीलाई उक्त चार्ज गर्दैनौं । हामी भारतीय बिरामीका लागि जुन उपचार खर्च लिन्छौं त्यही खर्च रकम नै नेपाली बिरामीका लागि हो । बिरामीलाई थप रकम नलिने भएकाले र कलकत्ता र नेपालको खानपान, हावापानी, संस्कृति धेरै हदसम्म मिल्ने भएकाले पनि धेरै बिरामीहरुले पछिल्लो समय कलकत्ता रोज्ने गरेको उनको भनाई छ ।

एएमआरआई ग्रुपले चलाएको ४ वटा अस्पतालमध्ये ३ वटा अस्पताल भिजिट गर्ने मौका हामीले पायौं । ती सबैका आ आफनै विशिष्टीकृत सेवा थिए । कलकत्ताको ढाकुरिया, मुकुन्दपुर र साल्ट लेकमा रहेका ती अस्पतालमा बिरामी खचाखच थिए भने नेपाली बिरामीहरुको संख्या पनि राम्रै थियो । बुटिक अस्पतालका रुपमा रहेको मुकुन्दपुरको अस्पतालमा अन्तराष्ट्रिय बिरामीका लागि छुट्टै विभाग नै राखेर उनीहरुको समन्वय गर्ने सबै व्यवस्था गरिदने गरेको पाइयो । यसले बिरामीलाई निकै सहज हुने उनीहरुको भनाई छ । नेपालबाट जाने बिरामीका लागि छुट्टै टिम नै खटिने गरेको र एअरपोर्टदेखि नै उनीहरुलाई अस्पताल लैजानेदेखि उनीहरुको होटल खोजेर राख्नेसम्मको व्यवस्था अस्पतालले नै गरिदिने गरेको एक बिरामीले बताए । उनले आफूहरुलाई सबै व्यवस्था अस्पतालको टिमले नै गरिदिएको जनाए । अझ अस्पतालका वरिपरी नै सस्तोमा होटलहरु बिरामीहरुकै लागि केन्द्रित गरेर खोलिएका रहेछन् । जसले गर्दा उपचारमा लामो समय बस्नुपर्ने बिरामीका लागि छिुट्टै अपार्टमेन्ट शैलीमा रहेका होटलहरुमा आफनो अनुसाररले पकाउन खान बस्न मिल्ने हुने रहेछ । यसले बिरामीलाई घरमै जस्तो वातावरण हुने बरुवा बताउँछन्। डा बरुवाका अनुसार एक वर्षमा एएमआरआई हस्पिटलले ९ हजार नेपाली बिरामीको उपचार सेवा गरेको छ । त्यसमध्ये सबैभन्दा बढी मिर्गौला प्रत्यारोपणका छन्।

बिरामी सन्तुस्ट देखिए

हामीले भेटेका धेरै नेपाली बिरामीलाई आफनै देशमा उपचार गर्न मन भएर पनि सम्भव नभएपछि आफू कलकत्ता आएको बताए पनि उपचार सेवाबाट भने सन्तुस्ट रहेको जनाए । उनीहरुलाई घरका सबै परिवार सँगै नहुँदा न्यास्रो लागे पनि उपचारपछि निको भएर जाने कुराले उत्साहित भएको सुनाए ।

दक्ष तथा अनुभवी डाक्टर तथा स्वास्थ्यकर्मीको टिम, अत्याधुनिक प्रविधि तथा उत्कृष्ट व्यवस्थापनकासहित एएमआरआई अस्पतालले आफनो देशका मात्रै नभएर नेपाल, म्यानमार, भुटान बंगलादेशका बिरामीलाई पनि भारतीय सरहकै मूल्यमा उपचार सेवा दिइरहेको जनाएकाे छ । जुन अन्तराष्ट्रिय बिरामी आउनुको एउटा कारण हुनसक्छ । वर्षमा ४ लाख भन्दा बढी बिरामीले यहाँ सेवा लिने गरेको र ४५ हजारभन्दा धेरैको सर्जरी हुने गरेको अस्पतालका सिइओ बरुवाले जानकारी दिए।

प्रविधिमा लगानी
अस्पतालमा विश्व बजारमा आएका नयाँ नयाँ प्रविधि भित्राउन कुनै कन्जुस्याई गरेको देखिएन । जसले गर्दा बिरामीको रोगको निदान र उपचारमा कुनै समस्या नै भएन । अस्पतालमा विश्वस्तरीय उपचार सेवा उच्च प्रविधीसहित सेवा दिइरहेको भए पनि सेवा शुल्क बिरामीको पहुँचबाहिर नभएर ठिक्क खालको भएको सिइओ बरुवाको भनाई छ । उनले आफनो अस्पतालले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि पनि छूटका प्याकेजहरु अघि सारेको बताए । प्रविधिमा गरेको लगानी बिरामी निको बनाउन सहयोगी सिद्ध हुने अस्पतालको बुझाई छ ।

कलकत्ताको एएमआइआई अस्पताल जाने नेपालीहरु ९० प्रतिशत पूर्वी नेपालका रहेका थिए । अस्पतालका सिइओ बरुवाले काठमाडौंबाट कलकत्ताको दैनिक नियमित उडान नहुूँदा बिरामी आउन चाहेर पनि केही समस्या भएको जिकीर गरे । उनले भने, ‘उडान दैनिक भइदिए धेरै नेपालीले सस्तोमा कलकत्ताको एएमआरआई अस्पताल आएर उत्कृष्ट सेवा लिन पाउने थिए ।’

नेपालमा उपचार सम्भव नहुने र भारतमा उपचार गराउन खोज्नेका लागि कलकत्ता एउटा राम्रो गन्तब्य बन्न सक्ने देखिएको छ ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना