Health TV Online
Health TV Online

स्टार हस्पिटलले सर्वसाधारणमा शेयर जारी गर्दै

स्टार हस्पिटलले सर्वसाधारणमा शेयर जारी गर्दै

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको सानेपास्थित स्टार हस्पिटलले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ ।

आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको हस्पिटलले जनाएको छ ।

आश्विन ४ गते आयोजित एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

स्टार हस्पिटल लिमिटेडले रु ४० करोड शेयर पूँजी बराबरको रु १०० अंकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

करिब ६९ करोड चुक्तापूँजी भएको यस हस्पिटलसँग २५ प्रतिशत अग्राधिकार शेयरसहित रु ८५ करोड चुक्तापूँजी रहेको अवस्थामा यो निष्कासनसँगै केही संस्थागत लगानीकर्ताहरु, बीमा कम्पनीहरु, प्राइभेट इक्विटी कम्पनीहरु तथा निजी संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पूँजी रु २ अर्ब भन्दा माथि हुने जानकारी गराईएको छ ।

थप पूँजी लगानीबाट अस्पतालले आधुनिक उपकरणहरुसहित नयाँ उपचार सेवाका विधाहरु जस्तै क्यान्सर सेवा, आइभीएफ सेवा र देशभरका विभिन्न स्थानहरुमा उपचार सेवा केन्द्र विस्तार गर्ने योजना रहेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना