स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ

हेल्थ टिभी अनलाइन \काठमाडौं : बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन्।
आक्रमणमा परेका अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि प्रहरीले हातपात गर्ने राम बहादुर खड्कालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बेलौरीले खड्कालाई पक्राउ गरिएको जानकारी दिएको छ। खड्का माथि प्रहरीले स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गरेको आरोपमा मुद्धा चलाउने तयारी समेत गरेको छ।
स्वास्थ्य केन्द्रको आकस्मिक कक्षमा बिरामीको उपचार गरिरहेका अहेब नरेन्द्रप्रसाद गैरेमाथि दुई दिनअघि हातपात भएको थियो।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल