Health TV Online
Health TV Online

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्न सम्झौता भएको छ ।

परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवाली र प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले सो सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुसार अब कर्णाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको विषयमा बृहत अनुसन्धान सुरु हुनेछ । यसैगरी स्वास्थ्यका अन्य विषय तथा रोगका विषयमा पनि परिषद् र प्रतिष्ठानले संयुक्त रुपमा अनुसन्धान कार्य अघि बढाउने सम्झौतामा उल्लेख छ ।

परिषद्का सदस्य सचिव डा ज्ञवालीले यो सम्झौतासँगै त्यस क्षेत्रमा देखिएका विभिन्न स्वास्थ्य समस्यादेखि बहुमूल्य जडीबुटीका विषयमा अध्ययन अनुसन्धानका लागि बाटो खुलेको बताए ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना