Health TV Online
Health TV Online

वीर अस्पतालमा हप्तामा ३ दिन मिर्गौला प्रत्यारोपण हुने

वीर अस्पतालमा हप्तामा ३ दिन मिर्गौला प्रत्यारोपण हुने

हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालमा अबदेखि हप्ताको ३ दिन मिर्गौला प्रत्यारोपण हुने भएको छ ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले अबदेखि हप्तामा ३ दिन सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन मिर्गौला प्रत्यारोपण गरिने बताए । यसैगरी उनले हप्ताको ६ दिन नै शल्यक्रिया सेवा सञ्चालन हुने समेत बताए ।

यही असोज १ गतेदेखि लागू हुने गरी प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म ६ दिन शल्यक्रिया सेवा संचालन हुनेछ। यसैगरी हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहिबार यूरोलोजीको ओपीडी सेवा सञ्चालन हुने पनि उनले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना