Health TV Online
Health TV Online

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले अस्पतालको सेवा बन्द गर्ने कार्यक्रम फिर्ता लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको वार्तामा ६ बुँदे सहमति भएपछि संघले आफूले अघि सारेको सेवा ठप्प पार्ने आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत दुई डाक्टरमाथि कुटपिट गर्ने थप ५ जनालाई प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको र उनीहरुलाई छिटो पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाउने सहमति भएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

संघले चिकित्सक कुट्ने व्यक्तिलाई छिटो भन्दा छिटो कारवाहीको प्रक्रियामा लैजान माग गर्दै सेवा ठप्प पार्ने घोषणा गरेको थियो ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना