Health TV Online
Health TV Online

डा ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक आउँदै

डा ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक आउँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलले दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ ल्याउने भएका छन् । १० वर्षअघि म पनि डाक्टर नामक पुस्तक प्रकाशित गरेका डा ओम मूर्तिले यसपटक भने मुटुरोग भन्दा अलग जीवन, जगत र सम्बन्धका बारेमा पुस्तक ल्याउन लागेका हुन् । यो पुस्तक डा ओम फाउन्डेसनले प्रकाशित गरेको छ ।

आगामी शुक्रबार लोकार्पाण गर्न लागिएको उक्त पुस्तकका बारेमा जानकारी दिन आज काठमाडौंमा आयोजना गरिएको अन्तरर्किया कार्यक्रममा डा ओमले आफनो बुवाको मृत्युपछि जीवन र सम्बन्धलाई हेर्ने र सोच्ने तरिका नै परिवर्तन भएको भन्दै सोही कुराले पुस्तक लेख्न प्रेरित गरेको बताए । उनले ‘धेरै जनाले आफूसँग भएका कुरालाई बुझ्न नसक्दा र मनन गर्न नसक्दा बढी दुखी हुने गरेको भन्दै त्यसका लागि जीवन र सम्बन्धलाई समयमै बुझ्न आवश्यक रहेको जिकीर गरे ।

उनले आफनो पुस्तकमा जीवन, आफना मान्छे, आफन्त, आफूलाई माया र सदभाव गर्ने मान्छे सम्बन्ध भन्ने कुरा कति महत्वपूर्ण छ भन्ने कुरालाई मसिनो गरी प्रकाश पार्न खोजिएको बताए । डाक्टर भएर धेरै बिरामीको मुटु छामेका डा ओम मूर्तिले उपचारका क्रममा मुटु मात्र नभएर मन, मस्तिष्क तथा आर्थिक र सामाजिक परिवेश पनि बुझ्नने मौका मिल्ने हुँदा उनीहरुलाई सही सल्लाह र सुझाव दिन पनि डाक्टरकाे भूमिका महत्वपूर्ण हुने बताउँछन् । उनले एक जना व्यक्तिले आफनो घरमा श्रीमती वा श्रीमानलाई समेत भन्न नसकेका कुरा डाक्टरलाई भन्ने गरेको अनुभव सुनाउँदै यस्ता प्रत्यक्ष रुपमा व्यक्ति र परिवारसँग जोडिएका समस्याबाट बाहिर ल्याउन आफूले पुस्तकमा धेरै यस्ता समाधानसहितका च्याप्टरहरु लेखेको जिकीर गरे ।

उनले आफूले डाक्टर भएर भन्दा पनि समाजको एक जिम्मेवार व्यक्तिका रुपमा प्रस्तुत भएर उक्त पुस्तक लेखेको पनि जानकारी दिए । डा ओमले आफूले सामाजिक संजालमा राखेका सवालहरुमा आम सर्वसाधारणले राख्ने गरेको विचारले पनि पुस्तक लेख्न सजिलो भएको जिकीर गरे । उनले भने, ‘मैले यो पुस्तक आफ्नो दायित्व तथा मनमा लागेको भावना बाहिर ल्याउनुपर्छ भनेर लेखेको हो । यसमा मेरो अर्को कुनै स्वार्थ छैन्। बुवाको मृत्युपछि उहाँ जस्तै जेष्ठ नागरिकका लागि नि:शुल्क उपचार गर्न सकौं भनेर डा ओम फाउन्डेसन स्थापना गरेको छु । पुस्तकबाट आउने रकम फाउन्डेसनमा राखिनेछ र दुखी, असहाय जेष्ठ नागरिकको उपचारमा खर्च गरिनेछ ।’

उक्त पुस्तक दराज तथा इसेवाबाट पनि किन्न सकिने बताइएको छ । आगामी शुक्रबारसम्म बुकिङ गर्नेलाई १५ प्रतिशत छुट हुने र डेलिभरी चार्ज पनि नलाग्ने बताइएको छ । पुस्तकको मूल्य ६ सय रुपैयाँ राखिएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना