Health TV Online
Health TV Online

ड्युटीमा रहेका डाक्टरमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

ड्युटीमा रहेका डाक्टरमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

हेल्थ टिभी अनलाइन \काठमाडौं : हेटौंडामा अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । बुधबार हेटौंडास्थित सन्चो अस्पतालमा ड्युटीमा रहेका डाक्टरमाथि कुटपिट भएको थियो । अस्पतालका चिकित्सक डा प्रशान्त बिडारी र डा विकास थापामाथि कुटपिट भएको हो।

साउन २२ गते एक जना बिरामी उच्च ज्वरो लिएर डेंगुको शंका सहित अस्पताल भर्ना भएका थिए । उनमा जटिलता देखिएपछि थप उपचारका लागि भन्दै अस्पतालले चितवनको सुविधासम्पन्न अस्पताल रिफर गरेको थियो । तर उपचारकै क्रममा २५ साउनमा बिरामीको मृत्यु भयो। त्यसपछि सन्चो अस्पतालले राम्रोसँग उपचार नगरेका कारण बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले अस्पतालमा गएर हुलदंगा गर्ने गरेको बताइन्छ । यही क्रममा बुधबार  सन्चो अस्पताल गई ड्युटीमा रहेका डा विकास थापा र प्रशान्त विडारीमाथि सांघातिक हमला गरेका थिए ।

संघले यस्तो अपराधिक काममा संलग्न व्यक्तिलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना