Health TV Online
Health TV Online

छालारोग सम्बन्धी फार्मेसी सञ्चालनमा

छालारोग सम्बन्धी फार्मेसी सञ्चालनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : राजधानीको गोकर्णेश्वर नगरपालिकामा छाला सम्बन्धी पहिलो फार्मेसी संचालनमा आएको छ ।

नगरपालिकाको वडा नम्बर ५ जोरपाटीमा आवरण स्किन क्लिनिकको सहकार्यमा एस एन एच स्कीन, न्यूट्रिशन एण्ड हेल्थ नामक फार्मेसियाको दोस्रो आउटलेटको रुपमा उक्त फार्मेसी संचालनमा आएको हो । छाला तथा कपालसम्बन्धी समस्या भएका जो कोहीले फार्मेसीबाट उच्च स्तरको सेवा लिन सक्ने बताइएको छ ।

उक्त फार्मेसीमा विशेषज्ञ चिकित्सकले निशुल्क काउन्सिलिङ दिने तथा ५० प्रतिशत छुटमा अनलाइन मार्फत् परामर्श पनि लिन सकिनेछ । यसका साथै आवश्यक परेमा र फार्मेसीसम्म जान नसक्नेका लागि औषधीको अनलाइन डेलिभरीको पनि व्यवस्था रहेको जनाइएको छ ।

एस. एन. एचको पहिलो आउटलेट भने दरबारमार्गमा आवरण स्किनको सहकार्यमा सन् २०१६ देखि नै सञ्चालनमा रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना