जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

हेल्थ टिभी अनलाइन \काठमाडौं : जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत सोमबार इजिप्ट प्रस्थान गरेका छन् ।
इजिप्टको राजधानी कायरोमा यही भदौ १९ देखि २२ गतेसम्म जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको छ । मन्त्री बस्नेतसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा पनि इजिप्ट प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बस्नेतले इजिप्टको कायरोमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले स्वास्थ्य अवस्था सुधारका पक्षमा चालेका कदम र चुनौतिका विषयमा मन्त्रीस्तरीय बैठकमा आफुले कुरा राख्ने जानकारी दिए ।
यसका साथै आगामी महिना हुने विश्व स्वास्थ्य संगठन डब्लूएचओ को दक्षिण पूर्वि एशिया क्षेत्रका लागि क्षेत्रीय निर्देशकको उम्मेदवार बनेका नेपालका जनस्वास्थ्य विज्ञ डा शम्भु आचार्यका पक्षमा लबिङ गर्ने पनि मन्त्री बस्नेतले बताए । स्वास्थ्य मन्त्री बस्नेत यही भदौ २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल