Health TV Online
Health TV Online

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भयो डायलाइसिस सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भयो डायलाइसिस सेवा

हेल्थ टिभी अनलाइन \काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हेमो डायलाइसिस सेवा सुरु भएको छ।

मिर्गौला फेल भएका बिरामीका लागि अत्यावश्यक हुने हेमो डायलाइसिस सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुरु भएको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार जुम्ला पुगेर डायलाइसिस सेवाको शुभारम्भ गरेका छन् ।

अहिलेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई सरकारले ६ वटा डायलाइसिस मेसिन प्रदान गरेसँगै सेवा सुरु भएको हो ।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले डायलाइसिस सेवा सुरु भएपछि मिर्गौला बिरामीले जुम्लामै सहज रुपमा सेवा पाउने बताए। उनले यस क्षेत्रका नागरिकलाई अब डायलासिसकै लागि अन्य ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य भएको जिकीर गरे ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना