ह्याम्स अस्पतालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र नि: शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स अस्पतालबिच त्रिभुवन विमानस्थलमा नि शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।
विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आकस्मिक स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई जुनसुकै समयमा पर्ने आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न उच्चस्तरीय क्लिनिक स्थापना गरी सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो ।
इमर्जेन्सी क्लिनिकमा चौबीसै घण्टा एक चिकित्सक र एक नर्स वा पारामेडिक्स द्वारा पुनरुत्थान ब्याकअप सहित सेवा प्रदान गरिने ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीले जानकारी दिए । अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सेवा प्रदान गरिने पनि भण्डारीले जिकीर गरे ।
विमानस्थलमा इमर्जेन्सी सेवा पछि थप उपचार गर्नुपरे ह्याम्स अस्पताल सम्म नि शुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ उक्त सम्झौता अनुसार विमानस्थलमा ह्याम्स अस्पतालको एम्बुलेन्स चौबिसै घण्टा उपलब्ध हुनेछ ।
यस सम्झौता अनुसार विमानस्थलमा ह्याम्स अस्पतालले क्लिनिक सन्चालन गर्न आवस्यक स्थान नागरिक उड्डयन कार्यालयले नि शुल्क उपलब्ध गराउने बताइएको छ ।
ह्याम्स अस्पतालको तर्फबाट हवाई यात्रु तथा विमानस्थल कर्मचारीका लागि स्वास्थ्य जाँच, प्राथमिक स्वास्थ्य उपचार, आपतकालीन सेवा अन्तर्गत हृदयघात हुँदाको अवस्थामा दक्ष स्वास्थ्यकर्मीद्वारा यात्रु तथा कर्मचारीलाई थप सहज हुने सम्झौतापत्रमा उल्लेख छ । यो सम्झौता ३ वर्षका लागि गरिएको हो ।
सम्झौता पत्रमा ह्याम्स अस्पतालको तर्फबाट वरिस्ठ निर्देशक सची रेग्मी र विमानस्थलको तर्फबाट कर्पोरेट महाशाखा प्रमुख नारायणी देवी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल