नेपालमा फेसबुक र इन्स्टाग्राममा मदिराजन्य पदार्थको विज्ञापनमा रोक

हेल्थ टिभी अनलाइन \काठमाडौं : फेसबुक र इन्स्टाग्रामले नेपालको कानून अनुसार मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाएका छन्। फेसबुक र इन्स्टाग्रामको मुख्य सञ्चालक मेटाले सूचना जारी गर्दै मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाइएको जनाएको हो।
सूचनामा नेपाल सहित १८ वटा देशमा मदिराजन्य पदार्थको विज्ञापन गर्न निषेध गरेको उल्लेख गर्दै त्यसको पालना आफूहरुले गरेको बताएको छ ।
सर्बोच्च अदालतले नेपालमा मदिराजन्य पदार्थको सार्वजनिक विज्ञापन गर्न नपाउने आदेश दिएको थियो । उक्त आदेशलाई सम्मान गर्दै मेटाले नेपालभित्र संचालित फेसबुक र इस्टाग्राममा मदिराजन्य विज्ञापन गर्न नपाउने व्यवस्था गरेको हो ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल