बीपी कोइराला क्यान्सर अस्पतालको निर्देशकमा डा शिवजी पौडेल

हेल्थ टिभी अनलाइन \काठमाडौं : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा शिवजी पौडेल नियुक्त भएका छन् ।
आइतबार निर्देशक नियुक्तिका लागि गठित समितिले रेडिसियन अंकोलोजिष्ट डा शिवजी पौडेललाई तीन वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । ४ महिनादेखि उक्त पद रिक्त थियो ।
सो समितिले आइतबार नै डा पौडेल सहित डा कृष्णसागर शर्मा र डा प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो । सिफारिस भएका नाममध्ये अस्पताल सञ्चालक समितिले डा पौडेललाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल