पाठेघरको मुखको क्यान्सर परीक्षणबारे सचेतना गोष्ठी सम्पन्न

हेल्थ टिभी अनलाइन : पाठेघरको मुखको क्यान्सरको परीक्षणमा नयाँ प्रविधि तथा त्यसका फाइदाका बारेमा जनचेतना अभिवृद्धि गराउने उद्देश्यले बिराटनगरमा हालै एक गोष्ठी सम्पन्न भएको छ । लिक्विड रुबेस्ड साइटोलोजी र एचपीभी डीएनए टेस्टिङ स्क्रिनिङका बारेमा जानकारी दिने उद्देश्यले ‘ सेप दि फ्युचर अफ वुमन्स’ नामक दुई दिने गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठिको पहिलो दिन लिक्विड बेस्ड साइटोलोजी सम्बन्धी कार्यशाला सम्पन्न भएको थियोे । सो कार्यशालामा पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक निदानका महत्वबारे प्रकाश पारिएको थियो। गोष्ठीमा पाठेघरको मुखको क्यान्सर पहिचानका लागि उपयुक्त स्क्रिनिङ, प्रि क्यान्सरियस घाउको पहिचान, विशेष कोषिका र अन्य सबै साइटोलोजिक श्रेणीका बारेमा छलफल भएको थियो।
भारतीय मेडिकल टेक्नोलोजी कम्पनी बेक्टोन डिकिन्सन एण्ड कम्पनी (बीडी) को मुख्य आयोजनामा सम्पन्न गोष्ठिमा बीडी भारतका दक्षिण एसिया प्रबन्ध निर्देशक अतुल ग्रोवरले भने, ‘ हामी स्वास्थ्यको संसारलाई समृद्ध बनाउन प्रतिबद्ध छौं, पाठेघरको क्यान्सरको स्क्रिनिङको समाधान जस्ता महत्वपूर्ण महिला स्वास्थ्य चिन्ताहरूबारे सचेतना जगाउने प्लेटफर्महरू मार्फत् यसमा हामी काम गर्छौं। पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने क्यान्सरमध्ये एक हो, तर पनि न्यून सचेतनाको कारणले गर्दा समयमै निदान गर्न ढिलाइ भइरहेको छ। हाम्रो सेप द फ्युचर अफ सर्भाइकल क्यान्सर स्क्रिनिङ इभेन्ट मार्फत, हामी नेपालको पूर्वी भागका अग्रणी स्त्री रोग विशेषज्ञ, प्रसूति तथा रोग विशेषज्ञहरूको सहयोग र सहभागितामा प्रारम्भिक स्क्रीनिङका फाइदाहरूबारे प्रभावकारी सन्देश प्रवाह गर्नेमा आशावादी छौं।’
दुई दिनसम्म सञ्चालन भएको सो गोष्ठिमा चिकित्सा क्षेत्रका ७० भन्दा बढि विज्ञहरुको सहभागितामा थियो। विराट मेडिकल कलेज टिचिङ हस्पिटल, नेपाल सोसाइटी अफ गाइनोलोजिस्ट पूर्वी च्याप्टर र एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्टसँगको सहकार्यमा सम्पन्न उक्त गोष्ठिमा प्याथोलोजिस्ट, प्रसुति तथा स्त्री रोग विशेषज्ञका लागि विशेष प्रस्तुति दिइएको थियो।
नेपालमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर प्रमुख क्यान्सरको रुपमा रहेको छ। वार्षिक २२४४ नयाँ केसहरू र १, ४९३ जनाको मृत्यु हुने गरेको छ। नेपालमा पाठेघरको मुखको क्यान्सरले प्रत्येक एक लाख महिलामा ११ जनाको ज्यान जाने गरेको छ। सही समयमा उपयुक्त स्क्रिनिङ भएमा यसलाई रोकथाम गर्न सकिन्छ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल