डा राजाराम कार्कीको निधन

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघका आजीवन सदस्य रहेका डा राजाराम कार्कीको निधन भएको छ ।
लामोसमयदेखि क्यान्सर रोग लागेर उपचार गराइरहेका कार्कीको बुधबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । धादिङ निवासी उनी ६६ वर्षका थिए ।
डा कार्कीको निधनले चिकित्सा क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै उनले पुराएको योगदानको सम्झना गर्दै चिकित्सक संघले समवेदना व्यक्त गरेको छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल