Health TV Online
Health TV Online

आफन्तको मृत्युपछि नर्समाथि हातपात

आफन्तको मृत्युपछि नर्समाथि हातपात

हेल्थ टिभी अनलाइन \काठमाडौं : भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत नर्स र सुरक्षाकर्मीमाथि हातपात भएको छ ।

आफन्तको उपचारका क्रममा मृत्यु भएपछि मृतकका छोराले नर्स तथा सुरक्षाकर्मीमाथि हातपात गरेका हुन् ।

अस्पतालको आइसीयूमा उपचार गराईरहेकी फोक्सोको क्यान्सर भएकी आमाको मृत्युपछि मकवानपुरका रोशन सुनारले आइसीयूमा छिरेर त्यहाँ कार्यरत नर्स जस्मिना श्रेष्ठमाथि हातपात गरेका हुन् । अस्पतालभित्रै हातपात भएपछि उनलाई समाउन खोज्दा गेटमा खटिएका सुरक्षाकर्मीलाई धारिलो हतियार प्रहार गरेर हात काटिदिएका थिए ।

अहिले उक्त व्यक्ति प्रहरीको नियन्त्रणमा रहेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना