Health TV Online
Health TV Online

वरिष्ठ न्युरो सर्जन डा वसन्त पन्त साहित्य सन्ध्या कृबा पुरस्कारबाट सम्मानित

वरिष्ठ न्युरो सर्जन डा वसन्त पन्त साहित्य सन्ध्या कृबा पुरस्कारबाट सम्मानित

हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ न्यूरो सर्जन डा वसन्त पन्त यस वर्षको साहित्य सन्ध्या कृबा पुरस्कारबाट सम्मानित भएका छन् ।

राजधानीमा आयोजित विशेष समारोहमा डा पन्तलाई सो पुरस्कार प्रदान गरिएको हो। साहित्य सन्ध्या कृबा पुरस्कार कृष्णचन्द्र सत्याल र बालकुमारी सत्यालको नामबाट स्थापना गरिएको हो।

साहित्य क्षेत्रमा विकास र विस्तारका लागि ४० वर्ष अघि स्थापित साहित्य सन्ध्याले २०७४ साल देखि चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान दिने एक जना व्यक्तित्वलाई समेत सम्मान गर्न थालेको थियो। डा पन्तले चिकित्सा क्षेत्रमा पुराएको योगदानको कदर गर्दै यस वर्ष उनलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।

पुरस्कार ग्रहण गरेपछि डा पन्तले आफूमा समाजका लागि अझ धेरै जिम्मेवारी थपिएको बताए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना